PahiloPost

Oct 10, 2025 | २४ असोज २०८२

राप्रपा एकतामा 'गीता छोएर कसम खानुपर्‍यो' भनेपछि जंगिए कमल थापा, को हुन् 'एकतामा धोका नहोस्' भन्ने?



प्रकाश भण्डारी

राप्रपा एकतामा 'गीता छोएर कसम खानुपर्‍यो' भनेपछि जंगिए कमल थापा, को हुन् 'एकतामा धोका नहोस्' भन्ने?

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज एकता भएको छ। आज राष्ट्रिय सभामा आयोजित कार्यक्रममा यी दुई पार्टीबीच एकता घोषणा भएको हो।

घोषणाका क्रममा तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई एक जनाले खादा लगाउँदै गर्दा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले पोडियममा पुगेर पार्टी फुट्दैन भन्नका लागि गीताको पुस्तक छुनुपर्ने बताए।

'एक मिनेट हामी केही भन्न चाहन्छौं,' सिंखडाले भने, 'पटक-पटक पार्टी फुटेर जुन धोका हामीले पाएका ‍छौं। यो धोकाबाट विमुख बन्नका लागि तपाइहरुले आज गीताको पुस्तक छोएर अब हामी फुट्दैनौं भन्नुपर्‍यो।'

उनले यसो भनिरहँदा अध्यक्ष कमल थापा भने जंगिएका थिए। नेता दीपक बोहराले सम्बोधन गरी सक्नसाथ सिंखडाले गीताको पुस्तक छुन आग्रह गरेपछि थापा जंगिएका हुन्।

लगत्तै प्रदेश सभा सदस्य रिना गुरुङले माहोललाई शान्त गराएकी थिइन्।

वाग्मती प्रदेश सभा सदस्य गुरुङले ‘जय राजतन्त्र’, ‘जय हिन्दु राष्ट्र’ जस्ता नारा लगाउँदै माहोललाई शान्त गराएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell