PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

टिपरको ठक्करबाट एक महिलाको मृत्यु



रासस

टिपरको ठक्करबाट एक महिलाको मृत्यु

राँझा : बाँकेको कोहलपुर नगरपालिका-८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

स्थानीय झण्डहवागाउँदेखि कोहलपुर-नेपालगञ्ज सडकतर्फ आइरहेको रा १ ख २१८८ नम्बरको टिपरले बिहान करीब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर-९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पुर्‍याउँदा मृत्यु भइसकेको थियो। मृतक तरकारी व्यवसायी रहेको खुलेको छ।

ठक्कर दिने चालक र टिपरलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। दुर्घटनाको विरोधमा स्थानीयले घटनास्थलमा सडक अवरुद्ध गरेका कारण कोहलपुर-नेपालगञ्ज सडकखण्डमा सवारी आवागमन बन्द छ। दुर्घटनालगत्तै घटनास्थल पुगेर मृतकका श्रीमान् र आफन्तलाई खोजी शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell