PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

‘गीता’को कसम खाएर कमल थापाले भने, ‘म कहिल्यै पार्टी फुटाउनेछैन’



प्रकाश भण्डारी

‘गीता’को कसम खाएर कमल थापाले भने, ‘म कहिल्यै पार्टी फुटाउनेछैन’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अब कहिल्यै नफुट्ने, नछुट्ने गरी एकीकरण भएको बताएका छन्। अध्यक्ष थापाले ‘गीता’को कसम खाएर कहिल्यै पार्टी नफुटाउने कमस समेत खाए।

बुधवार राष्ट्रिय सभा गृहमा भएको एकीकरण घोषणा कार्यक्रममा उनले खल्तीबाट सानो गीता निकालेर भने, ‘म गीतालाई कसम खाएर भन्दैछु कि म कहिल्यै पार्टी फुटाउनेछैन। यो म यहिँ राख्छु र पछि पशुपति र डा प्रकाशलाई पनि काम लाग्ने छ।’

अध्यक्ष थापाले पार्टी निर्माणमा सूर्यबहादुर थापाको योगदानको चर्चा गरे।

उनले भने, ‘पार्टी किन फुट्यो, कसले फुटायो भन्न चाहन्न। मेरो ૪ बर्षे कार्यकालमै एकता भएकोमा खुसी छु। मेरो बोझ घट्यो, अब तीन जनासँग भारी बोक्ने सहकार्य गर्दै छु।’

मन्तव्यका क्रममा अध्यक्ष थापाले प्रकाशचन्द्र लोहनी र  लोकेन्द्र बहादुर चन्दलाई धन्यवाद थिए तर पशुपति समशेर जबराको भने नाम समेत लिएनन्।

उनले पार्टी एकता कुनै स्वदेशी तथा विदेशी शक्तिको दबाबमा नभएको बताए। जनताले विकल्प खोजेका बेला एकता भएको भन्दै उनले नेपालमा तेस्रो राजनीतिक धारको उदय भएको बताए।

कांग्रेस र कम्युनिस्टहरु मध्यपन्थी विचारबाट अघि बढेका भन्दै अध्यक्ष थापाले प्रजातन्त्रमा उनीहरुको सिन्डिकेट नचल्ने बताए।

उनले भने, ‘कुनै पनि राजनीतिक दल कांग्रेस र कम्युनिस्टको विकल्प बन्न सकेनन्। अब कांग्रेस र कम्युनिस्टबाट वाक्क भएकाहरुले हामीलाई विकल्पमा भोट हाल्नेछन्।’

अध्यक्ष थापाले पार्टी फुट्छ की भन्ने विगतको द्विविधा र आशंकालाई हटाउनुपर्ने बताए। उनले पार्टी फुट्ने अनावश्यक र नकारात्मक सोचबाट मुक्त हुन पनि आग्रह गरे।

उनले भने, ‘पार्टी एकता हुन पाएको छैन फेरी फुट्छ की भन्ने चिन्ताबाट मुक्त हुनुहोस्। यसले हामीलाई सिथिल बनाउँछ। अब फुट्दैन र फुट्न दिन्नौँ भन्ने प्रतिज्ञा गरेर अगाडी बढ्नुपर्छ। स्वाभिमानी कार्यकर्ता हुने हो भने तपाईहरुले पनि संकल्प गर्नुपर्‍यो, नेताको पछाडी होइन नीतिको पछाडी र व्यक्तिको पछाडी होइन विचारको पछाडी लाग्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ।’

अध्यक्ष थापाले भ्रष्टाचारका कारण देशको अवस्था कहालीलाग्दो रहेको बताए। उनले ब्रह्मलुटमा कांग्रेसको भूमिका रहेको पनि आरोप लगाए।

उनले भने, ‘यो ब्रह्मलुटको प्रमुख मतियारका रुपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ।’

देशमा रहेको संकटको सामना गर्न राप्रपा तयार रहेको र विश्वास गर्न उनले आग्रह गरे। उनले भ्रष्टाचारमा मुछिएकाहरुलाई कानुनको कठघरामा उभ्याउने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell