PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रधानमन्त्रीलाई भेट्दै भान्जी समीक्षा घर फर्किन्, ओली कहिले होलान् डिस्चार्ज?



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्रीलाई भेट्दै भान्जी समीक्षा घर फर्किन्, ओली कहिले होलान् डिस्चार्ज?
फाइल फोटो : प्रमको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई किड्नी दान गरेकी उनकी भान्जी समीक्षा संग्रौला डिस्चार्ज भएकी छिन्।

आज दिउँसो ३ बजे उनलाई डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिए। प्रधानमन्त्री ओलीलाई गत साता वुधबार नै किड्नी प्रत्यारोपण गरिएको थियो। अस्पतालबाट बाहिरिनुअघि समीक्षालाई प्रधानमन्त्री ओलीसँग भेट गराइएको थियो। चिकित्सकबाहेक ओलीलाई अस्पताल परेपछि भेट्ने उनी पहिलो ब्यक्ति हुन्।

प्रधानमन्त्री ओलीलाई कहिले डिस्चार्ज गरिन्छ त?

ओलीलाई किड्नी दान गर्ने संग्रौलालाई आज अस्पतालबाट घर पठाइएको भए पनि प्रधानमन्त्रीलाई कहिले पठाइन्छ अझै यकिन भइसकेको छैन।

'आज चिकित्सकहरु सबै किड्नी ट्रान्सप्लान्टकै लागि अप्रेसन थियटरमा हुनुहुन्छ,' खड्गाले भने, 'उहाँहरुले प्रधानमन्त्रीज्यूको अवस्था हेरेर कहिले भन्ने निर्णय गर्नुहुनेछ।'

प्रधानमन्त्रीको अवस्थमा सुधार आइरहेको भन्दै उनले कुनै पनि समय डिस्चार्ज गर्न सकिने जानकारी दिए। हरेक वुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने गर्छ। आज चिकित्सकहरु त्यसैमा सक्रिय छन्। उनीहरुले प्रत्यारोपण पूरा गरेपछि फेरि प्रधानमन्त्रीको अवस्था परीक्षण गर्नेछन्। त्यसैका आधारमा उनलाई डिस्चार्ज गर्ने या नगर्ने भन्ने तय हुने खड्गाले बताए।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले हिजोमात्र आफ्नो अनुभव सेयर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell