PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

खपाङ्गी दम्पतीको ‘रहस्यमय’ मृत्यु



रासस

खपाङ्गी दम्पतीको ‘रहस्यमय’ मृत्यु

इलाम : फाकफोकथुम गाउँपालिकाका एक दम्पती मृत फेला परेका छन्। फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षीय धनबहादुर खपाङ्गी र सोही उमेरका उनकै पत्नी रिता खपाङ्गीको शव आज घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घोप्टो परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लतपतिएको नाङ्गो खुकुरी भूइँमा छ। पत्नी रिता धनबहादुरको नजिकै लडिरहेको भेटिएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्री नेतृत्वको टोली घटना अनुसन्धानका लागि पुगेको छ।

‘घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था छैन’, निरीक्षक ढुङ्गानाले भने, ‘अनुसन्धान भइरहेको छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell