PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

रमेश खरेलको भ्रष्टाचारविरोधी अभियान आजबाट सुरु हुँदै



पहिलोपोस्ट

रमेश खरेलको भ्रष्टाचारविरोधी अभियान आजबाट सुरु हुँदै

काठमाडौं : प्रहरी महानिरीक्षकको नियुक्तिमा असन्तुष्टि देखाउँदै संगठन छाडेका पूर्वडिआइजी रमेश खरेलले नयाँ अभियान शुरु गर्ने भएका छन्। बिहीबार ‌औपचारिक कार्यक्रम गरि "हाम्रो नेपाल सुशासन अभियान" नामक अभियान शुरु गर्न लागेको खरेलले जानकारी दिए। भ्रष्टाचार, कुशासनविरुद्ध आफूहरुको अभियान केन्द्रीत हुने उनको भनाई छ। अभियानअन्तर्गत देशभर पुगेर नागरिकसँग छलफल सम्वाद गरिने योजना छ।

त्यसो त खरेलले दुई साताअधि 'हाम्रो नेपाल, हामी नेपाली' अभियानको नेतृत्व गर्न लागेका थिए। तर घोषणाको केही घण्टा अगाडि मात्र अभियानका अन्य सदस्यबीच कुरा नमिलेपछि खरेल पछि हटेका थिए।

२०७४ चैत २८ गते खरेलले सरकारले डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेपछि राजीनामा दिएका थिए। सर्वेन्द्र खनाल माघ २८ गते अवकाश भइसकेका छन्। अब खरेल भने राजनीतिक बाटो रोज्ने लयमा देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell