PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कोरोना प्रकोप : स्कुल र संसद बन्द गर्न कांग्रेस सांसदको माग



पहिलोपोस्ट

कोरोना प्रकोप : स्कुल र संसद बन्द गर्न कांग्रेस सांसदको माग

काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै स्कुल र संसद बन्द गर्न माग गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा प्रधानले संसदलाई निरन्तर रुपमा सञ्चालन गरिराख्नुको तुक नभएको पनि बताए।

उनले भने, 'कोरोनाका कारण युरोप, अमेरिका त्रसित छन्। हाम्रोमा संक्रमणले भ्यायो भने हामीसँग रोक्न केही छैन। सरकार के हेरिराखेको छ? सरकार एक्सनमा आएर संसद र स्कुल बन्द गर्नुपर्छ।'

उनले भीडभाड हुने स्थानमा जाँदा कोरोना संक्रमण हुनसक्ने र नेपालमा फैलिए धेरै मानिसहरुको मृत्यु हुने खतरा रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell