PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

बस र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु



रासस

बस र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज-कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

भे १ ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए। दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell