
बुधबारसम्ममा भारतमा कुल ६० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण दिखिएको छ। हिजो नै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस अर्थात् कोभिड १९ लाई विश्वव्यापी माहामारी घोषणा गरेको छ। महामारीकै कारण प्रभावित भएको छ फिल्म तथा अन्य मनोरञ्जन क्षेत्र पनि।
केरेला राज्यमा त संक्रमणको त्रासकै कारण अप्रिलसम्मका लागि सिनेमा घरहरु बन्द गरिएको छ।
यतिबेला बलिउड पनि यो भाइरसको त्रासमा छ। जसका कारण फिल्मको छायांकनदेखि सार्वजनिक कार्यक्रम एवं प्रचार प्रसार रद्द भएका छन्। प्रतीक्षारत् फिल्म 'सूर्यवंशी' युनिटले पनि प्रदर्शन मिति सार्ने योजना बनाएको छ। रोहित सेट्ठीको निर्देशनमा बनेको फिल्म मार्च २४ मा प्रदर्शन हुने भनिएको छ। बलिउड हंगामाका अनुसार उक्त मितिबाट प्रदर्शन पछि सार्न अक्षय कुमार, रिलायन्स इन्टरटेन्मेन्ट, करण जोहर पटकपटक छलफलमा बसिरहेका छन्।
फिल्मले ट्रेलर गत दुई तारिख मै सार्वजनिक गरेपनि पहिलो गीत समेत तोकिएको मितिमा सार्वनिक गरेन। फिल्म रिलिज एक महिना पछि सार्ने जनाइएको छ। तर हालसम्म मिति तय गरिएको भने छैन।