PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

वैवाहिक जीवनमा प्रवेश गर्दै आँचल शर्मा, लगाइन् उदिपको नाममा मेहेन्दी

वैवाहिक जीवनमा प्रवेश गर्दै आँचल शर्मा, लगाइन् उदिपको नाममा मेहेन्दी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अभिनेत्री आँचल शर्मा र मोडल उदिप श्रेष्ठ आज विवाह गर्दैछन्। डेढ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन्।

पेशाले डाक्टर रहेका उदिपसँग आँचलको फागुन १२ गते ‘इन्गेजमेन्ट’ भएको थियो। विवाहको पूर्वसन्ध्यामा उनीहरुले संगीत र मेहेन्दी विशेष फोटोसुट सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्। उनीहरुले एकअर्काको नाममा मेहेन्दी लगाएका छन्। 

२४ वर्षीया आँचल मिस प्लस टुको टाइटल पाए लगत्तै कला तथा मनोरञ्जन क्षेत्रमा सक्रिय छिन्। उनले जोनी जेन्टलम्यान, शत्रुगते, नाइँ नभन्नु ल ४ लगायत फिल्ममा अभिनय गरेकी छिन्। 

तस्विर : आँचल शर्माको फेसबुकबाट/ वेडिङ ड्रिम्‍स नेपाल 

 



ट्रेन्डिङ पोस्ट

Ncell