PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

कोरोनाबाट संक्रमित भए हलिउड स्टार टम हङ्स र उनकी पत्नी, इन्स्टाग्रामबाट दिए जानकारी



पहिलोपोस्ट

कोरोनाबाट संक्रमित भए हलिउड स्टार टम हङ्स र उनकी पत्नी, इन्स्टाग्रामबाट दिए जानकारी

हलिउड स्टार टम हङ्स र उनकी पत्नी रिटा विल्सनले आफूहरुलाई कोरोनाभाइरसले संक्रमण गरेको सार्वजनिक गरेका छन्।

टम हङ्स हलिउडका सर्वाधिक सफल एक्टर हुन्। इन्स्टाग्राममा पोस्ट गर्दै टम हङ्सले अस्ट्रेलियामा रहँदा कोरोनाबाट प्रभावित भएको जनाएका हुन्। उनका अनुसार थकाइ तथा जाडो महसुस भएको र जिउ दुखेपछि परीक्षण गराएका हुन्। दुवैमा एकैखाले लक्षणहरु देखा परेको र ज्वरो आएको समेत उनले पोस्टमा उल्लेख गरेका छन्। त्यसपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको उनले जनाएका हुन्।

त्यसपछि के त? चिकित्सकको निर्देशन पालन गर्नु आफ्नो जिम्मेवारी रहेको उनले बताएका छन्। 'हामीमाथि परीक्षण, अवलोकन र आइसोलेसनको लामो प्रक्रिया भइरहेको छ जुन सार्वजनिक स्वास्थ्य र सुरक्षाका लागि आवश्यक छ।'

कोरोनाबाट संक्रमित भएका उनले अरुलाई पनि यसबाट टाढा रहन सचेत गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell