PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

प्रधानमन्त्रीको शल्यक्रियाको नवौं दिन अस्पतालले भन्यो : स्वास्थ्य स्थिति सामान्य, अहिलेसम्म चिकित्सक बाहेक भेट्ने दुई जना



पहिलोपोस्ट

प्रधानमन्त्रीको शल्यक्रियाको नवौं दिन अस्पतालले भन्यो : स्वास्थ्य स्थिति सामान्य, अहिलेसम्म चिकित्सक बाहेक भेट्ने दुई जना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया भएको आज नौ दिन पूरा भएको छ। नवौं पनि पनि उनको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै अस्पतालले विज्ञप्ति सार्वजनिक गरेको छ।

अस्पतालले औपचारिक हिसाबले जारी गरेको नवौं दिनको वक्तव्यमा पनि उनको अवस्था सुधारोन्मुख भनिएको छ। मेडिकल डिटेलविना नै अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै आएको छ।

'आज नवौं दिन, उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उहाँको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणहरुलाई निरन्तरता दिइएको छ। परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेका छन्।'

अस्पतालले उनका भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहारा लिइरहेको जनाएको छ।

ओलीको शरीरमा कुनै संक्रमण नरहेको दावी पनि अस्पतालले गरेको छ। अहिलेसम्म ओलीलाई चिकित्सक बाहेक किड्नी दान गर्ने उनकी भान्जी समीक्षा संग्रौला र प्रधानमन्त्री पत्नी राधिका शाक्य गरी दुईजनाले मात्र भेटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell