PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

हराएकी किशोरी खोज्दा प्रहरीको फन्दामा परे विप्लवका १४ कार्यकर्ता, लडाकु बनाउन भएको थियो १४ वर्षीया बालिकाको अपहरण



पहिलोपोस्ट

हराएकी किशोरी खोज्दा प्रहरीको फन्दामा परे विप्लवका १४ कार्यकर्ता, लडाकु बनाउन भएको थियो १४ वर्षीया बालिकाको अपहरण

काठमाडौं : किशोरी अपहरण गरेको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको छ। उदयपुरमा युवती अपहरणको अभियोगमा १४ जना कार्यकर्ता तथा नेता पक्राउ परेका हुन्। समातिनेमा ६ जना महिला र ८ जना पुरुष रहेको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी प्रधुम्म कार्कीले जानकारी दिए।

बुधवार दिउँसो धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ बाट १४ वर्षीय किशोरीको अपहरण भएको थियो। बालिकालाई लडाकु बनाउन अपहरण गरिएको डिआइजी कार्कीले बताए। 'अहिलेसम्मको अनुसन्धानमा लडाकु बनाउन नै अपहरण गरेको देखिएको छ,' उनले भने।

पक्राउ पर्नेहरुमा मुस्कान राई, विवेक राई, रिता कार्की, आपुस मगर, अविनास तामाङ, आशिष लामा,रन्जना राई, अनिता राई, अनुष्का राउत, सपना राई, मनोराम राई, आशिष श्रेष्ठ र ईधर पुन मगर रहेका छन्।

प्रहरीमा पीडितका आफन्तले उजुरी दिएपछि प्रहरीले बालिकाको खोजी गरेको थियो। नेपाल प्रहरीबाट एसपीको कमान्डमा ८० जना र सशस्त्र प्रहरीको तर्फबाट ३० जनाको टोलीले खोजी गर्दा उदयपुरको कटारी नगरपालिकाबाट बालिकालाई उद्दार गरिएको डिआइजी कार्कीले जानकारी दिए।

उनीहरुको साथबाट प्रहरीले तीन थान पेस्तोल र १२ वटा बम समेत फेला पारेको जानकारी दिएको छ। ११ वटा सकेट बम र प्रेसर कुकर बम लगायत अन्य सामाग्री पनि फेला पारेको प्रहरीको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell