PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

युएस वंगला विमान दुर्घटनाको दुई वर्ष : मृतकको सम्झनामा दीप प्रज्वलन, परिवारको थामिएन आँशु

युएस वंगला विमान दुर्घटनाको दुई वर्ष : मृतकको सम्झनामा दीप प्रज्वलन, परिवारको थामिएन आँशु

प्रवीण रानाभाट/पहिलोपोस्ट


युएस वंगला एयरलाइन्सको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बाहिर दुर्घटना भएको आज दुई वर्ष बित्यो। उक्त दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जसमध्ये २३ जना नेपाली थिए।

मृतकको सम्झनामा आज काठमाडौंमा दीप प्रज्वलन गरियो। दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जना बंगलादेशमा एमबिबिएसको अन्तिम परिक्षा दिएर नेपाल फर्किएका विद्यार्थीहरु थिए।

उक्त दुर्घटनामा परेर बाँच्न सफल एक मात्र विद्यार्थी समीरा ब्यञ्जनकारले शोकसभाको सम्बोधन गरिन्। उनले साथीहरु गुमाउनुको पीडा अभिव्यक्त गरिन्। साथै साथीका आमाबुवाप्रति समवेदना पनि।

दुई वर्षअघि मार्च १२ कै दिन बंगलादेशको राजधानी ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय एयरपोर्टबाट युएस वंगला एयरलाइन्सको बम्बार्डियर ड्यास ८-क्यु ४०० काठमाडौंका लागि उडेको थियो।

विमानमा ६७ जना यात्रुसहित ७१ जना थिए। एक घण्टाको सामान्य उडानपछि विमान काठमाडौं उपत्यका प्रवेश गर्‍यो। तर, धावनमार्गतिर सोझिनुपर्ने विमान उपत्यकाका उत्तरी पहाडी क्षेत्रतिर उड्न थाल्यो। जबरजस्ती दिशा मोडेर धावनमार्गमा अवतरण गराउन खोज्दा विमान निकै तल उड्न थाल्यो। अनियन्त्रित भई धावनमार्गभन्दा बाहिरतर्फ रहेको जालीमा पुगेर ठोक्कियो। अनि, हुरुरु आगो बल्न थाल्यो।

गत वर्ष उक्त दुर्घटना बारे सार्वजनिक प्रतिवेदनले विमान चालकको त्रुटीका कारण दुर्घटना भएको जनाएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell