PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सम्भावित कोरोना संक्रमितलाई रोक्न सीमामा भारतको कडाइ, ६५ किमीमा १५ वटा ‘हेल्थ डेक्स’



राधेश्याम पटेल

सम्भावित कोरोना संक्रमितलाई रोक्न सीमामा भारतको कडाइ, ६५ किमीमा १५ वटा ‘हेल्थ डेक्स’

वीरगंज : भारतमा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न सीमा नाकामा कडाइ गरेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्व महामारी संकट घोषणा गरेसँगै भारतले सीमामा कडाइ गरेको हो।

बिहीवार रक्सौलको हरैयामा रहेको भारतीय आइसिपीमा सरोकारवालाहरुको बैठकमा नेपालबाट भित्रिने भारतीयलाई रोक लगाउने निर्णय भएको छ। नेपालबाट रुघाखोकी, ज्वरो तथा इन्फ्लुएन्जाको शंकास्पद भारतीयलाई सीमा नाकामै रोकेर डंकन अस्पतालभित्र स्थापना गरिएको आइसोलेसन वार्डमा निगरानी गर्ने भारतीय पक्षको तयारी रहेको छ।

पर्साको परसौनीभाठाको सीमावर्ती शहर भेलाहीदेखि बाराको सिम्रौनगढ अन्तर्गतको ६५ किलोमिटर दूरीमा १५ वटा ‘हेल्थ डेक्स’ स्थापना गरी कोरोनाको शंकास्पद बिरामीलाई रोक्ने तयारी भएको पुर्वी चम्पारणका जिल्ला अधिकारी शिरस्त अशोकले बताए। बैठकमा रक्सौल भन्सार, अध्यागमन, चिकित्सक, एसएसबीलगायतका अधिकारीहरु सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell