PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

क्यानाडाका प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना संक्रमण, ट्रुडो पनि आइसोलेसनमा



पहिलोपोस्ट

क्यानाडाका प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना संक्रमण, ट्रुडो पनि आइसोलेसनमा

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोरी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चिकित्सहरुको सल्लाहमा सोफीलाई आइसोलेसनमा राखिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। 

लण्डनबाट क्यानाडा फर्किएकी सोफीलाई फ्लूको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा सोफीलाई कोभिड १९ पोजेटिभ देखिएको हो। 

सोफीलाई संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ट्रुडो दुई साता आइसोलेसनमा रहने भएका छन्। ट्रुडोलाई भने संक्रमणको कुनै पनि लक्षण हालसम्म देखा परेको छैन। 

आइसोलेसनमा रहे पनि उनले आफ्नो नियमित काम गर्ने जनाइएको छ। यसबारे ट्रुडोले देशबासीका नाममा सम्बोधन गर्न लागेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell