
काठमाडौं : बलात्कारको अभियोगमा समातिएका इन्द्रहाङ राईलाई साढे ८ वर्ष जेल सजाय भएको छ। रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थी नेतासमेत रहेका राई बलात्कारको अभियोगमा पक्राउ परेका थिए।
काठमाडौं जिल्ला अदालतले आज फैसला सुनाउँदै जेल सजायँ र पीडितलाई १ लाख ५० हजार रुपैयाँ नगद तिराउने भनेको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।
न्यायाधीश विनोदप्रसाद पोखरेलको इजलासले राईलाई मुद्दामा यस्तो फैसला गरेको हो।
गत कार्तिक ११ गते राईले एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। राईले आफ्नै साथीको बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा बोलाएर बलात्कार गरेको आरोप थियो। प्रहरीले नियन्त्रणमा लिएसँगै स्ववियु सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य राईलाई रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले पदमुक्त गरेको थियो।
राईले भने सहमतिमा गतिविधि भएको दावी गर्दै आएका थिए।