PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

फ्राइडे रिलिज : 'अंग्रेजी मिडियम' मात्र पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज : 'अंग्रेजी मिडियम' मात्र पर्दामा

काठमाडौं : यस साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा आएन।

बलिउडतर्फ भने फिल्म 'अंग्रेजी मिडियम' नेपाल रिलिज भयो। फिल्मले मिठाइ पसल सञ्चालन गर्ने चम्पक पात्रको कथा देखाउँछ। उ आफ्नी छोरीको लण्डन पढ्न जाने सपना पूरा गर्न लागि पर्छ। जुन संघर्षका कारण उसको जीवन र सम्बन्धहरुमा उताव चढाव भोग्न बाध्य हुन्छ।

फिल्मलाई होमी अदाजानीयाले निर्देशन गरेका हुन्। कमेडी जनरको फिल्म सन् २०१७ मा सार्वजनि फिल्म हिन्दी मिडियमको 'स्पीन अफ' हो। इर्फान खान, करिना कपुर खान, दीपक डोब्रियाल र राधिका मदनको मुख्य भूमिका रहेको छ।

फिल्म अधिकांश मल्टिप्लेक्समा प्रदर्शनरत् छ।

हलिउडतर्फ पनि नयाँ फिल्म नेपाल रिलिज भएका छैनन्। गत साताहरुमा प्रदर्शनमा आएका आमा, सेन्टी भाइरस, थप्पड, बाघी ३, ब्लड सट् लगायत फिल्म पर्दामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell