PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कोरोना संक्रमणबाट भारतमा पहिलो व्यक्तिको मृत्यु



पहिलोपोस्ट

कोरोना संक्रमणबाट भारतमा पहिलो व्यक्तिको मृत्यु
PHOTO : PTI

काठमाडौं: विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट भारतमा पहिलो व्यक्तिको मृत्यु भएको छ।

कर्नाटक राज्यको कालाबुरागीका कोरोना संक्रमित ७६ वर्षीय वृद्धको मंगलबार राती हैदराबादको एक अस्पतालमा मृत्यु भएको द इकोनोमिक टाइम्सले जनाएको छ। कर्नाटकका स्वास्थ्य मन्त्री बी श्रीरामुलुले कोरोनाबाट संक्रमित वृद्धको मृत्यु भएको जानकारी दिएका छन्। उनका अनुसार ती व्यक्ति साउदी अरबको भ्रमणबाट मार्च पहिलो हप्ता भारत फर्किएका थिए।

फर्किँदा ज्वरो र रुघाखोकीले थलिएका उनी चिकित्सक र परिवारको सल्लाहमा हैदराबादस्थित अस्पताल भर्ना भएका थिए। कर्नाटकमा मात्रै ५ जनामा कोरोना संक्रमण देखिएको छ।

भारतभर ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell