PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

आज साँझ अस्पतालबाट डिस्चार्ज हुँदै प्रम केपी शर्मा ओली



पहिलोपोस्ट

आज साँझ अस्पतालबाट डिस्चार्ज हुँदै प्रम केपी शर्मा ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शल्यक्रिया भएको १०औं दिन ओली डिस्चार्ज हुन लागेका हुन्।

सधैं झै औपचारिक प्रेस विज्ञप्ति निकाल्दै अस्पतालले ओलीको अवस्था राम्रो भएको जनाएको छ। 'सम्माननीय प्रधानमन्त्रीज्यूलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ,' खड्गाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि डायलासिस गराउँदै आएका प्रधानमन्त्री ओलीको फागुन २१ शल्यक्रिया गरिएको थियो। उनलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन्। उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell