PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

कोरोनाको आशंकामा रोनाल्डो क्वारेन्टाइनमा



पहिलोपोस्ट

कोरोनाको आशंकामा रोनाल्डो क्वारेन्टाइनमा
PHOTO : Jonathan Moscrop via www.imago-images.de

काठमाडौं: कोरोना भाइरस संक्रमणको आशंकामा विश्व चर्चित फुटबलर एवं युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ। चीनपछि सबैभन्दा धेरै कोरोना प्रभावित इटालीबाट हालै पोर्चुगल फर्किएका रोनाल्डोलाई मडेइरास्थित घरमै क्वारेन्टाइनमा राखिएको हो।

युभेन्टसका खेलाडी डानिएली रुगानीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको डेलीमेलले जनाएको छ।

रोनाल्डोले सहकर्मी रुगानीसँग कपडा फेर्ने कोठा प्रयोग गरेका थिए। कोरोना संक्रमित रुगानीसँग संगत गर्दा कोरोना सर्न सक्ने आशंकामा रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको हो। 

मिलानलाई २ गोलले पराजित गरेपछि गत आइतबार रोनाल्डोले रुगानीसँग कोठा प्रयोग गरेका थिए भने दुबैले आफ्ना टोलीका साथीसँग विजय उत्सव मनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell