काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलापछि शुक्रवार साँझ डिस्चार्ज भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो।
शिक्षण अस्पतालमा प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। समीक्षा भने यसअघि नै डिस्चार्ज भइसकेकी छन्।
ओलीकाे उपचारमा करीब पाँच छ लाख रुपैयाँको बिल उठेकाे छ त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिए। उनका अनुसार ओली दुई सातामा आफ्नै हिसाबले हिँड्न सक्छन्।