PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

'फास्ट एण्ड फ्युरियस'को रफ्तारमा कोरोनाले लगायो ब्रेक



पहिलोपोस्ट

'फास्ट एण्ड फ्युरियस'को रफ्तारमा कोरोनाले लगायो ब्रेक

कोरोना भाइरस फैलावटसँगै मानिसमा त्रास पनि बढेको छ। बजार नराम्रोसँग झरेको छ। सिनेमाको पनि। छायांकनदेखि मनोरञ्जनात्मक कार्यक्रम र प्रचार प्रसार रोकिएका छन्।

बजार, मनोरञ्जन र जनस्वास्थ्यलाई ध्यानमा राख्दै राख्दै हलिउडदेखि बलिउड र नेपाली फिल्महरु प्रदर्शन समेत स्थगित गरिएका छन्। बहुप्रतिक्षित 'एफ नाइन' अर्थात् फास्ट एण्ड फ्युरियसको ९ औं संस्करणलाई पनि कोरोना भाइरसको असर पर्‍यो। फिल्म युनिटले सन् २०१७ मा सार्वजनिक द फेट अफ द फ्युरियसको सिक्वेलको रिलिज टार्गेट एक वर्ष पछि सारेको छ।

यसअघि फिल्म यही वर्षको मेमा सार्वजनिक हुने भनिएको थियो। तर, कोरोना भाइरस संक्रमण विश्वव्यापी माहामारीका रुपमा फैलिएसँगै फिल्म युनिटले रिलिज टार्गेट परिवर्तन गरेको छ। अब फिल्म सन् २०२१ को अप्रिल २ मा मात्र सार्वजनिक प्रदर्शन हुने भएको हो।

अमेरिकन एक्सन ड्रामा एफ नाइनलाई जस्टिन लिनले निर्देशन गरेका हुन्। डानियल सेसी लिखित फिल्ममा भिन डिसेल, जोन सिना, नथाली इम्यान्युअल, चार्लिज थेरन, हेलेन मिरन लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell