
काठमाडौं : अमेरिकी दूतावासले काठमाडौंस्थित अमेरिकन सेन्टर बन्द गर्ने भएको छ। कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन सक्ने भन्दै दूतावासले मार्च १६ देखि अमेरिकन सेन्टर बन्द गर्ने भएको हो।
दूतावासले ट्विटरमार्फत नेपाल सरकारले कोरोना भाइरसविरुद्ध चलाएको अभियानलाई साथ दिन भन्दै आफ्ना सबै पूर्वनिर्धारित कार्यक्रमहरुसमेत रद्ध गरेको जनाएको छ।
In support of the Govt of Nepal's efforts to contain the possible transmission of the #CoVid19 & to encourage social distancing in light of this global pandemic, we are closing the Embassy's American Center to the public from Mar 16, as well as canceling all upcoming programs. pic.twitter.com/gqfPMgy1WS
— U.S. Embassy Nepal (@USEmbassyNepal) March 13, 2020
दूतावासले अमेरिकन सेन्टरबाट कसैले पुस्तक लगेको भए आफैसँग राख्न र सेन्टर खुलेपछि फिर्ता गर्न भनेको छ।