PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

राष्ट्रपति ट्रम्पलाई भेटेको भोलिपल्ट ब्राजिलका फावियोलाई कोरोना!



पहिलोपोस्ट

राष्ट्रपति ट्रम्पलाई भेटेको भोलिपल्ट ब्राजिलका फावियोलाई कोरोना!

ब्राजिलका एक उच्च अधिकारीलाई कोभिड-१९ को संक्रमण देखिएको छ। ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोका सञ्चार निर्देशक समेत रहेका फावियो वाज्न्गार्टेनमा कोभिड-१९ पोजेटिभ देखिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेको भोलिपल्ट नै उनमा कोभिड-१९ को संक्रमण देखा परेको हो।

राष्ट्रपति ट्रम्पसँग भेट गरेका व्यक्तिमा नै कोभिड-१९ को संक्रमण देखापरे पनि ह्वाइट हाउसले भने ट्रम्पको स्वास्थ्य परीक्षण गर्ने कुनै योजना नभएको जनाएको छ। समाचार एजेन्सी एपीका अनुसार ट्रम्प 'सेल्फ क्वारेन्टाइन' मा बस्ने कुनै योजना नभएको समेत समाचारमा बताइएको छ।

फावियोले फ्लोरिडामा ट्रम्पसँग अमेरिकी उच्च अधिकारीसँग भेट गरेका थिए। ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफानिया ग्रिसामले यस विषयमा अनुसन्धान गरेपछि मात्र के कदम लिइने भन्ने निर्णय गरिने जनाएका छन्।

सो भेटमा अमेरिकी राष्ट्रपतिसँगै उपरराष्ट्रपति माइक पेन्स पनि थिए।

'राष्ट्रपति र उपरराष्ट्रपति पोजेटिभ टेस्ट भएका मानिससँग व्यक्तिगत रुपमा संवादमा थिएनन्। त्यसैले पनि अहिलेकै अवस्थामा उनीहरुको परीक्षण गर्न आवश्यक छैन,' ह्वाइट हाउसले जारी गरेको वक्त्वयमा उल्लेख छ।

फावियो ब्राजिली राष्ट्रपति बोल्सोनारोको तीन दिने अमेरिका यात्रामा साथमा थिए। राष्ट्रपति ट्रम्पले आयोजना गरेको एक कार्यक्रममा फावियो पनि सहभागी थिए जहाँ उनले राष्ट्रपतिसँग पोज गरेर फोटो खिचाएका थिए। त्यो फोटो उनले सामाजिक सन्जालमा राखेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

“Make Brazil Great Again” @realdonaldtrump @mikepence @alvarogarnero 🇧🇷🇧🇷🇧🇷🇺🇸🇺🇸🇺🇸

A post shared by Fabio Wajngarten (@fabiowajngarten) on

दुवै राष्ट्रपति त्यहाँको एक कार्यक्रममा सहभागी भएका थिए। पछि फावियो र ब्राजिल राष्ट्रपति बोल्सोनारो डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरकी प्रेमिका किम्वर्ली गुइल्फोयलको जन्मदिनको पार्टीमा सहभागी भएका थिए।

यता, दुई रिपव्लिकन सांसदहरुले भने फावियोसँग भेट गरेको भन्दै दुई साता सेल्फ क्वारेन्टाइनमा बस्ने घोषणा गरेका छन्। फ्लोरिडाका सिनेटर रिक स्कोट र साउथ क्यारोलिनका सिनेटर लिन्ड्सेइ ग्राहमले आफैँलाई सेल्फ क्वारेन्टाइनमा राख्ने घोषणा गरेका हुन्।

ग्राह्मले कोरोना भाइरसको परीक्षण गराइसकेको र नतिजाको पर्खाइमा रहेको उनको सचिवालयले जनाएको छ।

यता अमेरिकी इन्स्टिच्यूट अफ अलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा एन्थोनी फाउसीले राष्ट्रपति ट्रम्प आइसोलेसनमा बस्ने विषय नभएको बताएका छन्। फ्लोरिडामा भएको भेटमा राष्ट्रपति ट्रम्पकी छोरी इभान्का र उनका पति जारेड कुस्नरसँगै ट्रम्पका वकिल रुडी गिलियानी, ब्राजिलका परराष्ट्र मन्त्री अर्नेस्टो आराउजो र राष्ट्रपति बोल्सोनारोका छोरा एडुवार्डो पनि सहभागी थिए।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेको घोषणा गरेका थिए। बिहीवार उनकी श्रीमतीमा फ्लुको संक्रमण देखिएपछि

ट्रम्पले बिहीवार पत्रकारमाझ उपस्थित हुँदै आफूहरु डिनरमा सहभागी भएको र फावियो त्यहाँ भए नभएको आफूलाई जनाकारी नभएको बताएका थिए।

'भए पनि हामीबीच त्यस्तो अस्वभाविक गतिविधि भएको छैन,' उनले भनेका थिए।

अमेरिकी सेनाको दक्षिणी कमाण्ड जहाँ बोल्सोनारोले भ्रमण गरेका थिए, त्यहाँ कुनै संक्रमण नभएको अधिकारीहरुले बताएका छन्।

यसअघि ट्रम्पका नवनियुक्त चिफ अफ स्टाफले पनि बिहीवार नै सेल्फ क्वारेन्टाइनमा बस्ने घोषणा गरेका थिए। फ्लोरिडाबाट ट्रम्पसँगै एयर फोर्स वानमा फर्किएका म्याट गाइटेजले पनि आफूलाई आइसोलेसनमा रखेका छन्।

यसबीच ट्रम्पले बुधवार आफ्ना सबै राजनीतिक कार्यक्रम रद्द गरेका थिए। उनले हात मिलाउनसमेत बन्द गरेका छन्।

ह्वाइट हाउसको वक्तव्यमा भनिएको छ, 'ह्वाइट हाउसको मेडिकल युनिट र अमेरिकी सेक्रेट सर्भिसले राष्ट्रपति र उपराष्ट्रपतिका परिवारका साथै ह्वाइट हाउसका सबै कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि सबै उपायहरु अपनाउने छ।'

यता ब्राजिलका राष्ट्रपतिको कार्यालयले फावियोमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिको स्वास्थ्य स्वास्थ सुरक्षाका लागि सबै उपाय अपनाइएको बताएका छन्।

राष्ट्रपतिका छोराले पनि आफ्ना बाबुको स्वास्थ्य परीक्षण भएको र कोरोना भाइरसको लक्षण नदेखिएको बताएका छन्।

ब्राजिली राष्ट्रपतिको स्वास्थ्य ध्यानमा राखिँदै आएको छ। सन् २०१८ मा उनीमाथि ज्यान मार्ने गरी हमला भएको थियो।

उनको हालसम्म चारवटा शल्यक्रिया भइसकेका छ र अर्को शल्यक्रियाको मिति नजिकिँदै छ। गत डिसेम्बरमा पनि वाथरुममा चिफ्लिएर उनको टाउकोमा चोट लागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell