PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रदेश २ को नाम र राजधानी तोक्न चैत ४ गते मतदान हुने



रासस

प्रदेश २ को नाम र राजधानी तोक्न चैत ४ गते मतदान हुने

जनकपुर : प्रदेश नम्बर २ को स्थायी राजधानी र नामकरणका लागि चैत ४ गते मतदान हुने भएको छ।

तीन महिनापछि शुक्रवार बसेको प्रदेशसभामा प्रदेशको नाम र राजधाननी तोक्न गोप्य मतदानका लागि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल गर्दै चैत ४ गते ८ बजे बिहान मतदान गर्ने सर्वसम्मतिले निर्णय गरिएको छ।

बैठकमा अध्ययन विशेष समितिले मतदानका लागि तयार पारेको प्रतिवेदन राजपाका प्रमुख सचेतक परमेश्वर साहले प्रस्तुत गरेका थिए। समितिको संयोजक सभामुख सरोजकुमार यादव रहे पनि उनकै निर्देशनमा सचेतक साहले सो प्रतिवेदन पेश गरेका हुन्।

समितिमा राजधानीका लागि जनकपुरधाम र वीरगञ्जसहित तीन प्रस्ताव र नामकरणका लागि चार प्रस्तावमा निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ। यसअघि प्रमुख सचेक सम्मिलित बैठकले सभाका सचिव निर्वाचन अधिकृत रहने गरी निर्वाचनको कार्यविधि र आचारसंहिता तयार पारेर सभामुख यादवलाई बुझाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell