PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कोरोना प्रकोपमा बाबुरामको प्रश्न : छोराछोरीको जीवन प्रमुख कि परीक्षा?



पहिलोपोस्ट

कोरोना प्रकोपमा बाबुरामको प्रश्न : छोराछोरीको जीवन प्रमुख कि परीक्षा?

काठमाडौं : समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोना प्रकोप फैलिन नदिन विद्यालय बन्द गर्नुपर्ने बताएका छन्।

कोरोना भाइरसको प्रकोप विश्वभर फैलिरहेको र खुला सीमाना भएको छिमेकी भारतमा समेत तीव्र रुपमा फैलिँदा नेपालतर्फ भने स्कुल कलेज बन्द नगरेर लापरवाही गरेको भन्दै भट्टराईले सरकारसँग असन्तुष्टि जनाएका छन्।

परीक्षाभन्दा बालबालिका र विद्यार्थीको ज्यान ठूलो भएको बताउँदै उनले परीक्षा केही हप्ता पर सार्दा आकाश नखस्ने टिप्पणी गरेका छन्।

भट्टराईले शनिबार ट्वीटरमा लेखेका छन्, 'कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो? छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ? सत्ताधारी कमरेडहरूको ध्यान जाला?'

कोरोना प्रकोपका कारण छिमेकी भारतमा विद्यालय बन्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell