PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

ओलीको अवस्था बुझ्न बिहानै प्रचण्ड पुगे बालुवाटार



पहिलोपोस्ट

ओलीको अवस्था बुझ्न बिहानै प्रचण्ड पुगे बालुवाटार

काठमाडौं : हिजोमात्रै अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था बुझ्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

प्रचण्डको सचिवालयका अनुसार त्यहाँ पुगेर उनले ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए।

भेटमा प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका थिए भने ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। साथै सामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ।

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने विषयमा नेकपाका दुई अध्यक्षबीचको टकराव छताछुल्ल भएपछि सम्बन्धमा चिसोपन रहँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell