PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

आहा रारा गोल्डकपको उपाधि मनाङलाई



पहिलोपोस्ट

आहा रारा गोल्डकपको उपाधि मनाङलाई
फाइल फोटो।

काठमाडौं : पोखरामा आज सम्पन्न आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ। आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मनाङले उपाधि हात पारेको हो।

पोखरा रंगशालामा भएको खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ३० मिनेट समय थपिएको थियो। तर, थप समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पुगेर मनाङले ४-३ ले खेल जितेको हो।

यो जितसँगै मनाङले छैटौं पटक आहा रारा कपको उपाधि जितेको छ। मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गरे भने निशान लिम्बुको प्रहार पुलिसका गोलकिपरले बचाए। अर्कोतर्फ पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गरे भने अजित भण्डारी र तेज तामाङ गोल गर्न असफल रहे।

प्रतियोगितामा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell