PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

भारततर्फ लैजादै गर्दा १९१ ‘कार्टुन’ अवैध मदिरा बरामद



रासस

भारततर्फ लैजादै गर्दा १९१ ‘कार्टुन’ अवैध मदिरा बरामद
प्रतीकात्मक तस्विर। Photo: theconversation.com

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका–७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ मदिरा बरामद गरेको छ। भारतको बिहार राज्यमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएका बेला नेपाली बजारबाट अवैध रुपमा तस्करी गरेर भारतीय बजारतर्फ लगिरहेका मदिरा प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए।

तस्करको समूहले ट्र्याक्टरमा लोड गरेर भारततर्फ मदिरा लगिरहेको भन्ने सूचनाका आधारमा ‘दिलवाले’ नामक मदिरा बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए। बरामद गरिएको ट्र्याक्टरसहितको मदिरा सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा आज बुझाइएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell