PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

‘सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी’



रासस

‘सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी’
फोटो : रासस।

तम्घास : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन्। उनले भारतले लिपुलेकलगायतका स्थानमा सीमा मिचेकाले उक्त क्षेत्र फर्काउन वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको बताएका हुन्।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ कार्यक्रममा उनले भारतले एकलौटी रुपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्सा नेपालका लागि मान्य नभएको भन्दै कूटनीतिक तरिकाबाट सीमा समस्या हल गर्नका लागि वार्ताको माध्यमबाट समाधान गर्न मिति तत्कालै तोक्ने गरी तयारी भएको जानकारी गराए।

‘धेरै व्यक्तिबाट विभिन्न प्रकारका कुरा आइरहेका छन् तर सरकार कति पनि झुकेको छैन’, मन्त्री ज्ञवालीले भने, ‘वार्ताबाट समस्याको समाधान खोज्दा ढिलाइ भएको हो।’

इतिहासमै पहिलोपटक सरकार निडरताका साथ प्रस्तुत भएकाले भारत पनि सीमा विवाद समाधानमा सकारात्मक देखिएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell