PahiloPost

Nov 13, 2025 | २८ कात्तिक २०८२

कोरोनाविरुद्धको अभियानमा एकजुट होऔँ : राष्ट्रपति



रासस

कोरोनाविरुद्धको अभियानमा एकजुट होऔँ : राष्ट्रपति
फाइल फोटो।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएकी छिन्। राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गरेकी हुन्।

राष्ट्रपति भण्डारीको ट्विटमा भनिएको छ, ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपाय अवलम्बन गरौँ, यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔँ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell