
काठमाडौं : विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९)विरुद्ध लड्नका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबीच साझा रणनीति बनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव पाकिस्तानले पनि स्वीकार गरेको छ।
जम्मू काश्मीर मुद्दा तथा विभिन्न हमलाले भारत-पाक सम्बन्ध चिसिएको र यसैकारण सार्क समेत सक्रिय हुन नसकेका बेला कोरोनाविरुद्ध साझा रणनीति बनाउने प्रस्तावमा भने सहमति जुटेको हो। यसअघि नेपाल, भुटान, श्रीलंका, बंगलादेशलगायतले प्रस्तावमा समर्थन जनाइसकेका छन्।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता आइशा फारुकीले ट्वीटरमार्फत कोरोना भाइरसविरुद्ध लड्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरको समन्वयको आवश्यकता रहेको बताउँदै सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फ्रेन्समा सहभागी हुन स्वास्थ्य मन्त्रीलाई निर्देशन दिइसकेको जानकारी दिएकी छिन्।
The threat of #COVID-19 requires coordinated efforts at global and regional level. We have communicated that SAPM on Health will be available to participate in the video conference of #SAARC member countries on the issue.
— Spokesperson 🇵🇰 MoFA (@ForeignOfficePk) March 13, 2020
पाकिस्तानको सहमतिसँगै आज साँझ ५ बजेर १५ मिनेटमा सार्क राष्ट्रका नेताहरुबीच कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपायहरुबारे छलफल गर्न भिडियो कन्फ्रेन्स हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय प्रधानमन्त्री मोदीले पनि आज हुने भिडियो कन्फ्रेन्समा कोरोना भाइरसविरुद्ध लड्नका लागि आवश्यक रणनीतिमा छलफल हुने बताएका छन्। यसले प्रभावकारी नतिजा दिने तथा यसक्षेत्रका नागरिकहरुलाई फाइदा हुने मोदीको भनाई छ।
Timely action for a healthier planet.
— Narendra Modi (@narendramodi) March 14, 2020
Tomorrow at 5 PM, leaders of SAARC nations will discuss, via conferencing, a roadmap to fight the challenge of COVID-19 Novel Coronavirus.
I am confident that our coming together will lead to effective outcomes and benefit our citizens.
यसअघि गत शुक्रबार मोदीले ट्वीटरमा प्रस्ताव गरेका थिए, 'सार्क राष्ट्रका नेतृत्वसँग कोरोना भाइरसविरुद्ध दरिलो रणनीति बनाउने विषयमा छलफलका लागि प्रस्ताव गर्दछु। हामीले हाम्रा जनतालाई कसरी स्वस्थ राख्ने विषयमा भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौँ। एक साथ हामी मिलेर विश्वलाई स्वस्थ ग्रह निर्माणमा योगदान पुर्याउन उदाहरण दिन सक्छौँ।' विश्व अहिले नोवल कोरोना भाइरस कोभिड-१९ विरुद्ध लडिरहेको र विभिन्न तहबाट सरकार तथा जनताले कोरोना भाइरसविरुद्धको लडाइमा काम गरिरहेको बताउँदै मोदीले भनेका थिए, 'दक्षिण एसिया विश्वको अधिक जनसंख्याको घर, हामीले सारा जनताको स्वास्थका लागि कुनै पनि कसर बाँकी राख्नु हुँदैन।'
I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus.
— Narendra Modi (@narendramodi) March 13, 2020
We could discuss, via video conferencing, ways to keep our citizens healthy.
Together, we can set an example to the world, and contribute to a healthier planet.
लगत्तै शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण पश्चात आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालकै बेडबाट प्रस्तावको स्वागत गरेका थिए। भुटानका प्रधानमन्त्री र श्रीलंकाका राष्ट्रपतिले पनि ट्वीटरमार्फत प्रस्तावमा समर्थन जनाएका थिए।
I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.
— KP Sharma Oli (@PM_Nepal) March 13, 2020
This is what we call leadership. As members of this region, we must come together in such times. Smaller economies are hit harder, so we must coordinate. With your leadership, I have no doubt we will see immediate and impactful outcome. Looking forward to the video conference. https://t.co/2RnokAJQOs
— PM Bhutan (@PMBhutan) March 13, 2020
Thank you for the great initiative Shri @narendramodi - #LKA is ready to join the discussion & share our learnings & best practices and to learn from other #SAARC members. Let’s unite in solidarity during these trying times and keep our citizens safe. https://t.co/fAiT5w3O8D
— Gotabaya Rajapaksa (@GotabayaR) March 13, 2020
भारत-पाक विवादले पछिल्लो समय सार्क गतिहीन बनिरहेको छ। विवादकै कारण २०१६ मा पाकिस्तानमा गर्ने भनिएको शिखर सम्मेलन अझै हुन सकेको छैन।