PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कोरोनाको आशंकामा ट्रम्पको स्वास्थ्य परीक्षण



पहिलोपोस्ट

कोरोनाको आशंकामा ट्रम्पको स्वास्थ्य परीक्षण
PHOTO : Alex Brandon/AP

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणको आशंकामा स्वास्थ्य परीक्षण गराएका छन्। चिकित्सकसँगको लामो छलफल र सुझावपछि ट्रम्पले शुक्रबार स्वास्थ्य परीक्षण गराएको र रिपोर्ट नेगेटिभ आएको सीएनएनले जनाएको छ।

ट्रम्पलाई भेटेको ब्राजिलको प्रतिनिधिमण्डलका दुई सदस्यलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई स्वास्थ्य परीक्षण गर्न दबाब परेको थियो। शनिबार ह्वाइट हाउसले ट्रम्पको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिँदै ट्रम्पमा कोरोनाको कुनै लक्षण नरहेको स्पष्ट पारेको हो।

ह्वाइट हाउसका प्रेस सचिव स्टेफनी ग्रिसामले राष्ट्रपति ट्रम्पको अवस्था सामान्य रहेको बताए।

यसअघि ट्रम्पलाई भेटेको भोलिपल्ट ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोका सञ्चार निर्देशक फावियो वाज्न्गार्टेनमा कोभिड-१९ पोजेटिभ देखिएको थियो। उक्त भेटमा उपराष्ट्रपति माइक पेन्स पनि सहभागी थिए।

फावियो ब्राजिली राष्ट्रपति बोल्सोनारोको तीन दिने अमेरिका यात्रामा साथमा थिए। राष्ट्रपति ट्रम्पले आयोजना गरेको एक कार्यक्रममा फावियो पनि सहभागी थिए, जहाँ उनले ट्रम्पसँग तस्विर खिचाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell