
काठमाडौं : ट्राफिक प्रहरीलाई घुस दिएको अभियोगमा एक जना पक्राउ परेका छन्।
दरबारमार्गमा सवारीसाधन चेकजाँचकमा क्रममा खटिएका प्रहरीलाई चार हजार रुपैयाँ घुस दिन खोजेको अभियोगमा बा २८ प ४०४२ नम्बरको मोटरसाइकल चालक प्रेमनाथ सेढाईँ पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
प्रहरीले अनुसन्धानका लागि चालक र सवारीसाधन नियन्त्रणमा लिएको छ।