PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

भारतले नेपाली भूमिमा गाडेको सीमास्तम्भ तोडफोड



रासस

भारतले नेपाली भूमिमा गाडेको सीमास्तम्भ तोडफोड
PHOTO : nepalbodh

भीमदत्तनगर: नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन्।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरेको र शनिबार काँग्रेस कार्यकर्ताले नेपाली भूमिमा उक्त सीमास्तम्भ गाडिएको भन्दै तोडफोड गरेको बताए। उनले भने, 'सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए।'

एसपी साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषय भन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताए। तत्कालीन संविधानसभाका पूर्व सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र काँग्रेस जिल्ला कार्यसमितिका पदाधीकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए।

केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell