काठमाडौः कोटेश्वर कलंकी सडक खण्डमा आजबाट नयाँ नियम लागु भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर-कलंकी सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने तर्फको लेनबाट मात्र चलाउने नयाँ व्यवस्था लागु गरेको हो।
सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम लागु गर्ने प्रवृतिको विकास गर्न नियम लागू गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, केदार घिमिरे लगायत प्रहरी अधिकृत, यातायात व्यवसायीहरू उपस्थिती रहेको थिए। ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोलीले प्रस्तुति दिएका थिए।
सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन्। उक्त सडकखण्डका चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीहरूद्धारा जानकारीसमेत प्रदान गर्ने गरिएको छ।