PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘सिप्यान क्रिकेट अवार्ड’ स्थगित



पहिलोपोस्ट

‘सिप्यान क्रिकेट अवार्ड’ स्थगित
फाइल फोटो।

काठमाडौं : कोरोना भाइरसको बढ्दो प्रकोपसँगै क्रिकेट खेलाडीस संघ (सिप्यान)ले आयोजना गर्ने भनेको सिप्यान क्रिकेट अवार्ड स्थगित हुने भएको छ।

सिप्यानले आइतवार एक विज्ञप्ति निकाल्दै कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै तत्काललाई स्थगित गरेको जनाएको छ। यसअघि सिप्यानले चैत २१ गते एक समारोह बीच सिप्यान क्रिकेट अवार्ड प्रदान गर्ने जनाएको थियो।

नेपाली क्रिकेट खेलाडीहरुको प्रदर्शन र खेल कौशललाई मुल्याङ्कन गरी पुरस्कृत गर्दै लैजाने लक्ष्यका साथ गएको वर्षदेखि क्रिकेट अवार्ड दिन थालेको थियो। सिप्यानले यसपटक विभिन्न पाँच विधामा पुरस्कार वितरण गर्ने तयारी गरेको थियो।

यसपटक वर्ष क्रिकेट खेलाडी (पुरुष), वर्ष क्रिकेट खेलाडी (महिला), वर्ष उदयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण, लाइफटाइम अचिभमेन्ट अवार्ड गरी पाँच विधामा पुरस्कार दिइने सिप्यानको तयारी थियो।

अवार्ड कार्यक्रम अनुकुल अवस्था सिर्जना भएपछि अर्को मितिमा गरिने विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell