PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

दैनिक १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था छैन : निगम



पहिलोपोस्ट

दैनिक १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था छैन : निगम

काठमाडौं : नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नु पर्ने अवस्था नआउने बताएको छ।

कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला निगमले यस्तो बताएको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले आइतवार रक्सौल नाकाबाट मात्रै ८६ बुलेट ग्यास भन्सार पास भएर नेपाल आउने क्रममा रहेको उल्लेख गर्दै काठमाडौं उपत्यकामा ३८ वटा बुलेट आउने बताए।

उनले भने, ‘आज मात्रै रक्सौलबाट ८६ बुलेट भन्सार पास भएर आउने क्रममा छन्, त्यो भनेको १२ सय ८५ लिटर अर्थात १ लाख सिलिण्डर हो। काठमाडौंका लागि ३८ र बाहिरका लागि ४८ वटा बुलेट छन्। त्यो बाहेक भैरहवा, नेपालगञ्ज, काकडभित्ता र धनगढीबाट पनि भित्रिने गरेको छ।’

निर्देशक पौडेलले फागुन २८ र २९ गते ३ सय १ बुलेट अर्थात ३ लाख ७५ हजार सिलिण्डर नेपाल भित्रिएको बताए।

ग्यासको भण्डारण नभएका कारण माग बढी हुने वित्तिकै केही समस्या देखिने भएपनि अभाव नै नहुने उनको भनाइ छ। विपद्को समयमा बजारमा कृत्रिम अभावका घटनाहरु हुने गरेको उनले स्वीकार गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell