PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

ट्रोलमा छाएकी नेहा धुपिया भन्छिन् : मेरो बोलीको गलत व्याख्या गरियो



पहिलोपोस्ट

ट्रोलमा छाएकी नेहा धुपिया भन्छिन् : मेरो बोलीको गलत व्याख्या गरियो

पछिल्लो समय बलिउड अभिनेत्री नेहा धुपिया ट्रोलमा छाएकी छिन्। उनले एडभेन्चर रियालिटी शो 'रोडिज'मा बोलेको विषयलाई लिएर ट्रोल बनेकी हुन्।

कार्यक्रममा एक प्रतियोगीले भनेका थिए- मेरी प्रेमिका म सँगसँगै अर्को एक पुरुषसँग पनि सम्बन्धमा रहेछिन्। त्यो थाहा पाएपछि मैले उसलाई पिटे।

प्रतियोगीको कुरा सुनेपछि नेहा आक्रोशित भइन्। जवाफमा भनिन्,'त्यो महिलाको इच्छाको कुरा हो। तिमीलाई उप्रति हिंसात्मक हुने कुनै अधिकार थिएन।'

त्यसपछि नेहा र उनको सम्बन्धमाथि विभिन्न टिका टिप्पणी भए।

कसैले उनका श्रीमान अंगद वेदीको फोटो राख्दै भनेका छन् : 'अहिलेको अवस्थामा सबैभन्दा तनावग्रस्त श्रीमान।' 

कसैले उनलाई नक्कली महिलावादीको तक्मा समेत दिएका छन्। 'यदी कुनै पुरुषले आफ्नी प्रेमिका वा श्रीमतीलाई धोका दिएको थाहा पाउँदा उनले पुरुष अधिकार हो भन्न पाउँछिन्?' भन्दै प्रश्न समेत सोधिएको छ।

उक्त विषयमाथि नेहाले स्पष्टिकरण दिएकी छिन्। उनले आफ्नो बोलीको गलत व्याख्या गरिएको ट्वीटमार्फत् बताएकी हुन्। उनले लेखेकी छिन् : एडल्टरी मानिसको रोजाइ हो। महिला वा पुरुष दुवैको हकमा। त्यसको मतलव म धोकाको पक्षमा छु भन्नु होइन। महिलाको सुरक्षाको पक्षमा भने पक्कै हुँ। तर यसै विषयमा बोल्दा मेरो बोलीको गलत व्याख्या गरियो। 

उनले आफ्ना कारण बुवादेखि छोरीसम्म ट्रोलको शिकार भएका कारण स्पष्टिकरण दिएको जनाएकी छिन्। लेखेकी छिन्,'म चुप थिएँ। तर मेरो परिवार, साथीभाइ, सहकर्मीदेखि मेरो बुवा र छोरीसम्मलाई असर पारियो। उनीहरुको वाट्सएप र पेज हिंसात्मक ट्रोलहरुले भरिएका छन्।'

उनले कुनैपनि सम्बन्धमा शारीरिक हिंसाले ठाउँ पाउन नहुने तर्कलाई पनि अघि सारेकी छिन्।

उनको पक्षमा अभिनेत्री तापसी पन्नुले पनि ट्वीट गरेकी छिन्। उनले भनेकी छिन्,'प्रेम वा विवाहेतर सम्बन्ध गलत हो साथै हिंसा पनि गलत नै हो। एउटाको बदला अर्को हुनै सक्दैन। तिमी र तिम्रो परिवारलाई गिज्याउनेहरुले बुझुन्।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell