PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

तोरी फुल्यो, खोकना झुल्यो : माहुरी अल्झियो…

तोरी फुल्यो, खोकना झुल्यो : माहुरी अल्झियो…

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंबाट करिब आठ किलोमिटर दक्षिणतर्फ रहेको खोकना यतिबेला तोरीको फुलले पहेँलिएको छ। प्राचीन नेवार बस्तीको रुपमा रहेको खोकनामा पुग्दा गायक प्रेमध्वज प्रधानले सन् १९७० मा गाएको गीत गुनगुनाउन मन लाग्छ।

तोरी फुल्यो लेक नै झुल्यो, सुनौला पातमा माहुरी अल्झेर होऽऽऽऽ

यो बस्ती तोरीको तेलका लागि प्रख्यात छ। खोकनाको तेलको ब्रान्डलाई आधुनिक तेलका ब्रान्डले पछ्याउन सक्दैन।

तोरीको तेलका लागि प्रख्यात यो ठाउँको दृश्य यति बेला सुनौलो छ। लाग्छ धर्तीमा सुन फलेको छ। सुन जस्तै पहेँलै तोरी फूलेका छन्।

पहिलोपोस्टका प्रवीण रानाभाटले त्यहाँको दृश्यलाई आफ्नो लेन्समा यसरी कैद गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell