PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

कपनबाट डेढ लाख सर्जिकल मास्क बरामद



पहिलोपोस्ट

कपनबाट डेढ लाख सर्जिकल मास्क बरामद

काठमाडौः कपन क्षेत्रबाट प्रहरीले डेढ लाख सर्जिकल मास्क बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको सर्जिकल मास्क बरामद गरेको हो। प्रहरीले केही मानिसलाईसमेत नियन्त्रणमा लिएको छ। उनीहरुले ३ रुपैयाँ पर्ने मास्क ४० रुपैयाँसम्ममा बेच्ने तयारी गरेको प्रहरीले जानकारी दिएको छ। 'हाम्रो अप्रेसन अझै जारी छ। अहिलेसम्म कपनबाट करिब डेढ लाख मास्क बरामद गएको हो,' परिसरका डिएसपी होबिन्द्र बोगटीले भने।

त्यस्तै प्रहरीले सतुंगलमा रहेको एक गोदाममा पनि छापा मारेको छ। 

शनिवार मात्र प्रहरीले डल्लुबाट ७८ हजार मास्क नियन्त्रणमा लिएको छ। त्यस्तै आठ जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा अनिश कार्की, उज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, निर्प कार्की, मिन्टु तामाङ, गणेश तामाङलगायत रहेका छन्। विश्वभर फैलिएको  कोरोना भाइरसको कारण देशभर मास्कको अभाव छ। सरकारले अभाव सिर्जना गर्ने व्यापारी तथा अन्य व्यक्तिलाई कानुनी दायरमा ल्याउन निर्देशन दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell