PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

एकसाथ दुई सौन्दर्य प्रतियोगिता! परीक्षाको बीचमा ‘मिस्टर एण्ड मिस एसइइ’को अडिसन हुँदै



पहिलोपोस्ट

एकसाथ दुई सौन्दर्य प्रतियोगिता! परीक्षाको बीचमा ‘मिस्टर एण्ड मिस एसइइ’को अडिसन हुँदै

काठमाडौं: ‘मिस्टर एण्ड मिस बेस्ट मोडल २०२०’ र ‘मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल २०२०’ एकसाथ हुँदैछ।

आयोजक संस्था युथ क्रियसन नेपालको तर्फबाट जारी विज्ञप्तीमा प्रतियोगिताहरुको पहिलो चरणको अडिसन समेत सम्पन्न भइसकेको जनाइएको छ।

तर, आउँदै गरेको एसइइ अघि नै  मिस्टर एण्ड मिस एइइ  बेस्ट मोडलको अडिसन?

‘पहिलो चरणको लिएका हौं। दोस्रो एसइि परिक्षा सकिएपछि हुन्छ। दुबै समूहलाई ट्रेनिङमा एकसाथ अगाडि लान्छौं’, आयोजकले फोन वार्तामा बताए। 

‘मोडलिङ क्षेत्र रोजेर भविष्य उज्वल बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन कार्यक्रमको उद्देश्य हो’, युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले बताएका छन्। तर, मार्ग निर्देशन गर्ने संस्थाले परीक्षार्थीहरुलाई परीक्षाका बीच अडिसनको लागि बोलाइएको छ।

यो वर्ष चैत ६ गते शुरु हुने एसइइ परीक्षा १७ गतेसम्म छ। आयोजक संस्थाले भने चैत १५ गतेका लागि दोस्रो अडिसन आह्वान गरेको हो। 

त्यस्तै ‘मिस्टर एण्ड मिस बेस्ट मोडल २०२०’ र ‘मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल २०२०’ फरक प्रतियोगिता भनिए पनि दुवै प्रतियोगिताका लागि एकै मापदण्ड निर्धारण गरिएको छ।

भनिएको छ - सम्पूर्ण जातजातिको अविवाहित युवा युवतीले फारम भर्न पाउने छन्। इच्छुकहरु १६ देखि ३० वर्ष उमेर समूहको हुनुपर्ने बताइएको छ।

दुवै प्रतियोगिताको फिनाले वैशाख २६ गतेका लागि तय गरिएको छ। अडिसन भएको मितिदेखि करिव ४० दिन पछि फिनाले। त्यो अवधीमा व्यक्तित्व विकासदेखि रनवे मोडलिङदेखि फेसनसम्मको तालिम दिने समेत जनाइएको छ।

विजेताका लागि ‘विभिन्न’ र ‘आकर्षक’ पुरस्कार दिइने बताइए पनि के र कस्ता पुरस्कार भन्ने बारे खुलाइएको छैन।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell