PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका सांसद रावल थप ५ दिन हिरासतमा



एम बम

जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका सांसद रावल थप ५ दिन हिरासतमा

कैलाली : जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका सांसद अक्कल बहादुर रावललाई थप ५ दिन हिरासतमा राख्न अदालतले तेस्रो पटक आदेश दिएको छ।

कैलाली जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले आइतवार ५ दिन म्याद थप गरेको हो। प्रहरीले ७ दिन म्याद थप्न माग गरे पनि अदालतले ५ दिनको म्याद थप गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले उनीमाथि थप अनुसन्धान गर्न ५ दिन म्याद थप भएको बताए। रावल फागुन २१ गते पक्राउ परेका थिए। यसअघि गत फागुन २२ अदालतले ४ दिन म्याद थप गरेको थियो भने २६ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो।

अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–४ उत्तरवेहडीमा डेरा गरी बस्ने २५ बर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाई पक्राउ गरेको हो। माघ २१ गते जबरजस्ती करणी गरेको भन्दै रावलविरुद्ध पीडित महिलाले फागुन १४ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell