PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

मदिरा सेवनबाट मृत्यु भएकाहरुको परिवारलाई सांसद रघुवीर महासेठले दिए किरिया खर्च



रासस

मदिरा सेवनबाट मृत्यु भएकाहरुको परिवारलाई सांसद रघुवीर महासेठले दिए किरिया खर्च
फाइल फोटो।

धनुषा : धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएकाका परिवारलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद तथा पूर्वमन्त्री रघुवीर महासेठले क्रिया खर्च उपलब्ध गराएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री महासेठले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ रमदैया भवाडीमा विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएका १४ जनाको घर परिवारलाई किरिया खर्चबापत रकम सहयोग गरेका हुन्। पूर्वमन्त्री महासेठले मृतकहरुको घरमै पुगेर आफ्नो व्यक्तिगततर्फबाट मृतकको परिवारलाई किरिया खर्चस्वरुप जनही २० हजार रुपैयाँका दरले पीडित परिवारजनलाई हस्तान्तरण गरे।

किरिया खर्च उपलब्ध गराउँदै पूर्वमन्त्री महासेठले एउटै गाउँ टोलमा यति ठूलो संख्यामा मानवीय क्षति हुनु अत्यन्तै दुःखद् घटना भएको बताए। उनले यस घटनाबाट सबैले पाठ सिक्नुपर्ने बताउँदै अब उपरान्त गाउँका अन्य व्यक्तिलाई मदिरा सेवन नगर्न र अवैध मदिरा उत्पादक एवं भट्टीमाथि कडा निगरानी गर्न स्थानीयसँग आग्रह गरे। उनले मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग समेत आग्रह गर्ने बताए।

होलीमा घरेलु मदिरा सेवन गरेर मृत्यु भएकाप्रति शोक व्यक्त गर्दै उनले मदिरा सेवन गरेका अन्य व्यक्तिहरुलाई समेत आफैँले अस्पतालमा गएर जाँच गराउन आग्रह गए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell