PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

कोरोना प्रकोप : इटालीमा एकै दिन थप ३६८ जनाको मृत्यु



पहिलोपोस्ट

कोरोना प्रकोप : इटालीमा एकै दिन थप ३६८ जनाको मृत्यु
PHOTO : ABC NEWS

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ। यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९ पुगेको त्यहाँको नागरिक संरक्षण प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कोरोना संक्रमित संख्या २४ हजार ७ सय ४७ पुगेको अल जजिराले जनाएको छ।

त्यसैगरी इरानमा कोरोनाबाट पछिल्लो २४ घण्टामा सय भन्दा बढीको मृत्यु भएको छ भने मर्नेको संख्या ७ सय २४ जना पुगेको छ। १४ हजार संक्रमित छन्।

स्पेनमा २ हजार नयाँ संक्रमित थपिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट मर्नेको संख्या ६ हजार नाघेको छ भने १ लाख ५३ हजार भन्दा बढी संक्रमित छन्। १ सय ४१ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यसको संक्रमण रोक्न विश्वका अधिकांश राष्ट्रले आवागमनमा प्रतिबन्ध लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell