PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

सरकारी वकिल कार्यालयको भवन ६ महिनाअघि नै निर्माण, मुस्किल हुँदाहुँदै पनि व्यवस्थापन गर्‍यौं : ठेकेदार



रासस

सरकारी वकिल कार्यालयको भवन ६ महिनाअघि नै निर्माण, मुस्किल हुँदाहुँदै पनि व्यवस्थापन गर्‍यौं : ठेकेदार
PHOTO : dineshkhabar

कैलाली : भवन निर्माण तोकिएका समयभन्दा ढिलो गरी सम्पन्न भइरहेको अवस्थामा यहाँको जिल्ला सरकारी वकिल कार्यालयको भवन छ महिना अघि नै सम्पन्न भएको छ। रोयल प्रशंसा जेभी निर्माण कम्पनीले समयावधिभन्दा अघि भवन निर्माण सम्पन्न गरेको हो।

भवन निर्माणको समय २०७७ सालको भदौ ५ गतेसम्म रहेकोमा फागुन मसान्तमै दुई तले नयाँ भवन तयार गरिएको कम्पनीका सञ्चालक दीर्घ जोशीले जानकारी दिए।

उनले भने, 'निर्माण सामग्री पर्याप्त मात्रामा पाउन मुस्किल हुँदाहुँदै पनि त्यसको व्यवस्थापन गर्दै भवनका निर्माण सम्पन्न गरिएको हो।'

चार करोड ४२ लाख रुपैयाँमा भवन निर्माणको ठेक्का पाएको सो कम्पनीले २०७५ भदौ ५ गते सम्झौता गर्दै दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो।

निर्माण कम्पनीले समायावधि सकिनुभन्दा छ महिना पहिले नै भवन निर्माणको काम पुरा गरेको जिल्ला न्यायाधिवक्ता विष्णु पौडेलले बताए। उनका अनुसार आगामी वैशाखको पहिलो सातादेखि नयाँ भवनबाट सेवा दिने तयारी गरिएको छ। इञ्जिनियर मोहन अवस्थीले निर्माणको अवधि बाँकी रहँदा पनि निर्माण कार्य सम्पन्न भइसकेको र छिट्टै भवन हस्तान्तरण गरिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell