PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रहरी अप्रेसन : एकैदिन ८ लाख सर्जिकल मास्क बरामद



पहिलोपोस्ट

प्रहरी अप्रेसन : एकैदिन ८ लाख सर्जिकल मास्क बरामद

काठमाडौं : कोरोना भाइरसको हल्लाले बजारमा कालोबजारी बढेका बेला प्रहरीले आइतवार मात्र काठमाडौंका विभिन्न स्थानमा लुकाइ राखेका करिब ८ लाख मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको सर्जिकल मास्क बरामद गरेको हो।

कपनको मिलनचोकबाट ३५ कार्टुन मास्क बरामद गरिएको हो। ३५ कार्टुनमा १ लाख ६८ वटा मास्क रहेका थिए। प्रहरीले चितवनको टाँडी नगरपालिका वडा नम्बर १ घर भई स्वयम्भु बस्ने २६ वर्षीय अजिम बक्स मियाँ, बाराको गढीमाई उपमहानगरपालिका घर भई हाल कपन बस्ने प्लाष्टिक सप्लायर सञ्जयकुमार रेग्मी, आरडिजी इन्टरनेसनल सप्लायर्सका सञ्चालक २४ वर्षीय सुरज गोयल, भारतिय नागरिक सुभाष महेश्वरी र ओखलढुंगा घर भई हाल ललितपुरको ईमाडोल बस्ने टेकराज श्रेषठलाई नियन्त्रणमा लिएको हो।

'उनीहरुले लुकाएर बढी मूल्यमा मास्क बेचको पाइएकाले नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

करिव ३ रुपैयाँ २५ पैसा पर्ने मास्क उनीहरुले ३१ रुपैयाँ प्रति गोटा बेच्न लागेको प्रहरीको अनुसन्धानमा खुलेको हो।

त्यस्तै प्रहरीले सतुंगलमा रहेको एक गोदाममा पनि छापा मारेको थियो। विष्णुदेवी गोदामबाट प्रहरीले १२० कार्टुन मास्क बरामद गरेको हो। कार्टुनमा ६ लाख भन्दाबढी मास्क रहेको प्रहरीले जानकारी दिएको छ।

शनिवार मात्र प्रहरीले डल्लुबाट ७८ हजार मास्क नियन्त्रणमा लिएको छ।

विश्वभर फैलिएको  कोरोना भाइरसको कारण देशभर मास्कको अभाव छ। सरकारले अभाव सिर्जना गर्ने व्यापारी तथा अन्य व्यक्तिलाई कानुनी दायरमा ल्याउन निर्देशन दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell