PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

युरो कप स्थगित गर्न इटालीको प्रस्ताव



पहिलोपोस्ट

युरो कप स्थगित गर्न इटालीको प्रस्ताव

विश्वव्यापी रुपमा कोरोनाको सङ्क्रमण बढिरहँदा इटालीले युरो कप स्थगित गर्न प्रस्ताव गर्ने भएको छ। इटालियन फुटबल एसोसिएशनले सिरि ए का खेलहरु पनि स्थगित गरिएकाले त्यसलाई सकेर मात्र युरो कप सुरु गराउन प्रस्ताव गर्ने तयारी गरेको हो।

फेडेरेसनका अध्यक्ष्य गाब्रिइले ग्राभिनाले युइएफएको मंगलबारको बैठकमा यो विषय उठाउने बताएका छन्। 'युरोपियन च्याम्पियनसिप स्थगित गर्न हामी युइएफएमा प्रस्ताव गर्नेछौं,' उनले एक टेलिभिजन कार्यक्रममा भनेका छन्, 'हामी पहिला सिरि ए का खेलहरु पुरा गर्न चाहन्छौं किनभने क्लबहरुको यति धेरै लगानी र त्यागपछि खेल पुरा हुन दिनु न्यायोचित हुन जान्छ।'

युइएफएले मंगलबार विभिन्न ५५ एसोसिएसन सदस्यहरुसँग भिडियो कन्फ्रेन्स मिटिङको तयारी गरेको छ। बैठकमा युरोपका विभिन्न देशका लिगहरु लगायत युरो कप आयोजनाबारे छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell