PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

कोरोना प्रकोप : अमेरिकी दूतावासद्वारा सबै भिसा रद्द



पहिलोपोस्ट

कोरोना प्रकोप : अमेरिकी दूतावासद्वारा सबै भिसा रद्द

काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ।

भोलि (मंगलवार)देखि लागू हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो।

'हामी जतिसक्दो चाँडो भिसा सेवा पुन:सञ्‍चालन गर्नेछौँ। तर, यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ', दूतावासले सोमवार भनेको छ।

दूतावासले भिसा रद्द भए पनि एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी समेत दिएको छ। अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्टका लागि निर्देशनको पालना गर्न समेत दूतावासले आग्रह गरेको छ।

अमेरिकाले आफ्नो देशमा यसअघि नै राष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ भने युरोपबाट यात्रामा प्रतिबन्ध लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell